Section 19
एकभन्दा बढी राज्यबाट सपुर्दगीको माग भएमा

एउटै फरार अभियुक्त वा कसूरदारका सम्बन्धमा एकभन्दा बढी राज्यले सपुर्दगीको माग गरेकोमा दफा १४ को उपदफा (३) बमोजिम जिल्ला अदालतले सपुर्दगी गर्न सकिने गरीे आदेश गरेमा नेपाल सरकारले सबैभन्दा पहिले माग गर्ने राज्यलाई त्यस्तो अभियुक्त वा कसूरदार सपुर्दगी गर्न सक्नेछ ।